दफा २५
पुरस्कार दिने
: (१) गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वा“से चितुवा, हिउँ चितुवा वा गौरीगाई मार्ने वा घाइते पार्ने व्यक्तिको सुराक लगाई पक्राउ गराई. दिने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म र उपरोक्त वन्यजन्तु बाहेक अन्य संरक्षित बन्यजन्तु मार्ने वा घाइते पार्ने व्यक्तिको सुराक लगाई पक्राउ गराई दिने व्यक्तिलाई पच्चीस हजार रुपैया“सम्म नगद पुरस्कार दिन सकिनेछ ।
(२) गैरकानूनी तरिकाले कुनै आखेटोपहार राख्ने व्यक्तिको सुराक लगाई पक्राउ गराई दिने वा त्यस्तो व्यक्तिलाई पक्रने व्यक्तिलाई सो आखेटोपहार बरामद भई लिलाम बिक्री गरिएकोमा लिलाम बिक्रीबाट आएको मूल्यको पचास प्रतिशत वा वन्यजन्तु संरक्षणको दृष्टिकोणले आखेटोपहार लिलाम बिक्री गर्न नहुने भएमा त्यस्तो आखेटोपहारको अवस्था, महत्व र परिमाण विचार गरी दश हजार रुपैया“सम्म पुरस्कार दिन सकिनेछ ।
(३) उपद'ख (१) र (२) मा लेखिएदेखि बाहेक यस ऐन अन्तर्गत कसूर गरेको सुराक लगाई अभियुक्त पक्राउ गराई दिने व्यक्तिलाई एक हजार रुपैयाँसम्म पुरस्कार दिन सकिनेछ ।